Skip to main content
2025 Legislative Council General Election - Home

निर्वाचन संक्षिप्त

संक्षिप्त

  • आधारभूत कानून( बेसिक ल) अन्तर्गत, विद्यान परिषद् ("LegCo") हङकङ विशेष प्रशासनिक क्षेत्र ("HKSAR") को व्यवस्थापिका हो । यसको कार्यहरू कानून बनाउने, संशोधन गर्ने वा खारेज गर्ने; कर र सार्वजनिक खर्च अनुमोदन गर्ने; र सरकारको काममा प्रश्न उठाउने; साथै हङकङबासीहरुबाट गुनासोहरू प्राप्त गर्ने र त्यसलाई सम्बोधन गर्ने हो । आधारभूत कानून (बेसिक ल )को अनुसूची II अनुसार HKSAR को LegCo मा प्रत्यक्ष निर्वाचन मार्फत निर्वाचन समितिबाट ("EC") (40 सदस्यहरू), कार्यात्मक निर्वाचन क्षेत्रबाट ("FCs") (30 जना सदस्यहरू) र भौगोलिक निर्वाचन क्षेत्र ("GCs") (20 जना सदस्यहरू) बाट मनोनित भई 90 जना सदस्यहरू तय हुने छन् ।
  • विद्यान परिषद् अध्यादेश (क्याप.542) अनुसार, विद्यान परिषद्को आठौं कार्यकालको लागि निर्वाचन गराउन, प्रमुख कार्यकारीले 24 अक्टोबर 2025 मा विद्यान परिषद्को सातौं कार्यकाल समाप्त हुने भनि मिति तोकिएको छ र यसको कार्य समाप्त हुनेछ ।

नामांकन अवधि

  • 24 अक्टोबर 2025 (शुक्रबार) देखि 6 नोभेम्बर 2025 (बिहिबार)

मतदान दिनको व्यवस्थापन

  • मतदान मिति: 7 डिसेम्बर 2025 (आईतबार)
  • मतदान समय: बिहान 8:30 बजे देखि रातीको 10:30 बजे सम्म (कारागारहरुमा तोकिएका मतदान केन्द्रहरूमा बाहेक जहाँ मतदान समय बिहान 9:00 बजे देखि अपराह्न 4:00 बजेसम्म हुनेछ ।)
  • मानिसहरू कम भएको समयमा मतदाताहरूले मतदान गर्न सकून् भनि मतदानको दिनमा विद्यान परिषद्को आम निर्वाचनको मतदान केन्द्र बाहिर र यस समर्पित निर्वाचन वेबसाइटमा पर्खिनु पर्ने अनुमानित समय प्रदान गरिनेछ ।

कसले मतदान गर्न सक्छन्

  • निर्वाचन समितिका सदस्यहरूको अन्तिम मतदाता नामावलीमा समावेश गरिएका सदस्यहरू मात्र निर्वाचन समिति निर्वाचन क्षेत्र ("ECC") मा मनोनयन हुन र मतदान गर्न योग्य हुनेछन् । 17 सेप्टेम्बर 2025 मा मतदाता नामावली प्रकाशित भएको छ ।
  • GCs को अन्तिम मतदाता नामावली 2025 मा नाम समावेश गरिएका पंजीकृत मतदाताहरू र FCs को अन्तिम मतदाता नामावली 2025 मा नाम समावेश गरिएका दर्ता प्राप्त व्यक्ति र कर्पोरेट मतदाताहरू मात्र GC र / वा FC को निर्वाचनमा मतदान गर्न योग्य हुन्छन् । सम्बन्धित मतदाता नामावलीहरु 25 सेप्टेम्बर 2025 मा प्रकाशित भएको छ ।

निर्वाचन परिषद् निर्वाचन क्षेत्र

नामांकन र उम्मेदवारी

  • 21 वर्ष वा सोभन्दा माथिका सबै GC पंजीकृत मतदातहरु मनोनित हुनु भन्दा 3 वर्ष अघि देखिनै हङकङमा सामान्यतया बसोबास गरिरहेका छन् भने उम्मेद्वारको रुपमा मनोनय हुन सक्छन् जस्तै उम्मेद्वारहरु EC सदस्य हुन जरुरी छैन ।
  • प्रत्येक उम्मेद्वारलाई कम्तिमा 10 भन्दा माथि, तर 20 भन्दा कम, EC का सदस्यहरु, लगायत प्रत्येक EC को 5 क्षेत्रहरुबाट कम्तीमा 2 भन्दा माथि तर 4 भन्दा कम सदस्यहरु द्वारा मनोनित गरिनेछ ।
  • EC सदस्यले आफू सदस्यको हैलियतमा, ECC निर्वाचनमा 1 जना उम्मेद्वार मात्र मनोनयन गर्न सक्नेछन् ।

मतदान

  • "ब्लक भोट" प्रणाली अपनाइएको छ । मतपत्रमा 40 जना भन्दा बढी वा कम उम्मेद्वारलाई मतदान गरिनेछैन । सबैभन्दा बढी मत प्राप्त गर्ने 40 जना उम्मेद्वारहरु मनोनित हुनेछन् ।

कार्यात्मक निर्वाचन क्षेत्रहरु

28 FC हरुको सीट विनियोजन तथा संरचना
FC हरु सीटहरु निर्वाचन क्षेत्रको संरचना
व्यक्तिहरु निकायहरु
1 ह्युङ यी कुक 1
2 कृषि तथा मत्स्यपालन 1
3 बीमा 1
4 यातायात 1
5 शिक्षा 1
6 कानून 1
7 लेखा 1
8 चिकित्सा तथा स्वास्थ्य सेवाहरू 1
9 इञ्जिनियरिङ 1
10 आर्किटेक्चरल (वास्तुकला) सर्वेक्षण, योजना तथा भू-दृश्य 1
11 श्रम 3
12 समाज कल्याण 1
13 रियल इस्टेट(आवास बजार) तथा निर्माण 1
14 पर्यटन 1
15 वाणिज्यिक (पहिलो) 1
16 वाणिज्यिक (दोस्रो) 1
17 वाणिज्यिक (तेस्रो) 1
18 औद्योगिक (पहिलो) 1
19 औद्योगिक (दोस्रो) 1
20 वित्त 1
21 वित्तीय सेवाहरू 1
22 खेलकुद, कला प्रदर्शनी,संस्कृति तथा प्रकाशन 1
23 आयात तथा निर्यात 1
24 टेक्सटाइल एण्ड गार्मेन्ट (कपडा तथा पोशाक) 1
25 थोक तथा खुद्रा 1
26 प्रविधि तथा नवप्रर्वतन 1
27 क्याटरिङ्ग (खानपान) 1
28 राष्ट्रिय जनकांग्रेसका (HKSAR) प्रतिनिधिहरू र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समिति(“CPPCC”)का HKSAR सदस्यहरू, र प्रासंगिक राष्ट्रिय संगठनहरुका प्रतिनिधि सदस्यहरु 1
जम्मा 30

नामांकन र उम्मेदवारी

  • 21 वर्ष वा सोभन्दा माथिका सबै पंजीकृत GC मतदातहरु मनोनित हुनु भन्दा 3 वर्ष अघि देखिनै हङकङमा सामान्यतया बसोबास गरिरहेका छन् भने उम्मेद्वारको रुपमा मनोनय हुन सक्छन्; र सम्बन्धित FC का पंजीकृत मतदाताहरु वा त्यो FC सँग उल्लेखनीय सम्बन्ध भएमा उम्मेद्वारको रूपमा मनोनय गर्न सकिन्छ ।
  • उम्मेद्वारहरुले निम्न दुई मापदण्ड पुरा गर्नु पर्ने हुन्छ:

    1. सम्बन्धित FC मा 20 भन्दा कम तर 10 भन्दा बढी मतदाताहरूद्वारा मनोनित;र
    2. प्रत्येक उम्मेद्वारलाई कम्तिमा 10 भन्दा माथि, तर 20 भन्दा कम, EC का सदस्यहरु, लगायत प्रत्येक EC को 5 क्षेत्रहरुबाट कम्तीमा 2 भन्दा माथि तर 4 भन्दा कम सदस्यहरु द्वारा मनोनित गरिनेछ ।

  • FC मतदातले आफू FC को मतदाताको हैसियतमा आफ्नो FC को लागि 1 मात्र उम्मेद्वारलाई मनोनयन गर्न पाउने अधिकार राख्छ । (वा FC श्रम को हकमा 3 वटासम्म मनोनयन फारमहरू)
  • एक EC सदस्यले, EC सदस्यको हैसियतमा, FC चुनावको लागि मात्र 1 जना उम्मेद्वारलाई मनोनयन गर्न पाउने अधिकार राख्छ ।

मतदान

  • FC निर्वाचनमा "फस्ट पास्ट द पोस्ट " मतदान प्रणाली अपनाइएको छ । 28 FC हरु मध्ये, 3 जना उम्मेद्वारलाई मतदान गर्न सक्ने श्रम FC का मतदातहरु बाहेक, बाँकी 27 FC का मतदातहरुले 1 उम्मेद्वारलाई मात्र मतदान गर्न सक्छन् । श्रम FC मा सबैभन्दा धेरै मत प्राप्त गर्ने 3 जना उम्मेद्वारहरू निर्वाचित हुनेछन् । अन्य FC मा सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेद्वारहरु सम्बन्धित FC को सदस्यको रूपमा निर्वाचित हुनेछन् ।

भौगोलिक निर्वाचन क्षेत्रहरु

  • हङकङको क्षेत्रहरु 10 GC हरुमा विभाजित गरिनेछन् । प्रत्येक निर्वाचन क्षेत्रले 2 सदस्यहरु मनोनित गर्नेछन् । 10 GC हरु निम्नानुसार छन्:
GC हरुको नाम GC को कोडहरु
हङकङ आइल्याण्ड ईष्ट LC 1
हङकङ आइल्याण्ड वेष्ट LC 2
काउलुन ईष्ट LC 3
काउलुन वेष्ट LC 4
काउलुन सेन्ट्रल LC 5
न्यू टेरिटोरिज साउथ ईष्ट LC 6
न्यू टेरिटोरिज नर्थ LC 7
न्यू टेरिटोरिज नर्थ वेष्ट LC 8
न्यू टेरिटोरिज नर्थ वेष्ट LC 9
न्यू टेरिटोरिज नर्थ ईष्ट LC 10

नामांकन र उम्मेदवारी

  • 21 वर्ष वा सोभन्दा माथिका सबै GC पंजीकृत मतदातहरु मनोनित हुनु भन्दा 3 वर्ष अघि देखिनै हङकङमा सामान्यरुपमा बसोबास गरिरहेको छन् भने उम्मेद्वारको रुपमा मनोनय हुन सक्छन् ।
  • उम्मेद्वारहरुले निम्न दुई मापदण्ड पुरा गर्नु पर्ने हुन्छ :

    1. सम्बन्धित GC मा 200 भन्दा कम तर 100 भन्दा बढी मतदाताहरूद्वारा मनोनित;र
    2. प्रत्येक उम्मेद्वारलाई कम्तिमा 10 भन्दा माथि, तर 20 भन्दा कम, EC का सदस्यहरु लगायत, प्रत्येक EC को 5 क्षेत्रहरुबाट कम्तीमा 2 भन्दा माथि तर 4 भन्दा कम सदस्यहरु द्वारा मनोनित गरिनेछ ।

  • GC मतदाताले, GC सदस्यको हैसियतमा, उसले आफ्नो GC को लागि 1 मात्र उम्मेद्वारलाई मनोनयन गर्न पाउने अधिकार छ ।
  • एक EC सदस्यले, EC सदस्यको हैसियतमा, FC निर्वाचनको लागि 1 मात्र उम्मेद्वारलाई मनोनयन गर्न पाउने अधिकार राख्छ ।

मतदान

  • “दोहोरो सिट” र एकल मत" मतदान प्रणाली अपनाइएको छ । GC का प्रत्येक मतदाताले 1 मात्र उम्मेद्वारलाई मतदान गर्न सक्छन् । प्रत्येक GC मा सबैभन्दा बढी मत प्राप्त गर्ने 2 उम्मेद्वारहरु मनोनित हुनेछन् ।

कहाँ मतदान गर्ने

  • ECC मतदाताहरू बाहेक, प्रत्येक मतदाता वा आधिकारिक प्रतिनिधिले मतदाता अन्तिम नामावलीमा भएको आफ्नो आवासीय ठेगाना नजिकै तोकिएको साधारण मतदान केन्द्रमा भौगोलिक निर्वाचन क्षेत्र र कार्यात्मक निर्वाचन क्षेत्र (यदि लागू भएमा) को लागि आफ्नो मतदान गर्नेछन् ।
  • हिरासतमा रहेका मतदाता वा आधिकारिक प्रतिनिधिलाई उपयुक्त भएमा कारागारहरु वा प्रहरी बीटहरूमा रहेका समर्पित मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था गरिनेछ ।
  • सम्बन्धित मतदाताहरु वा आधिकारिक प्रतिनिधिहरुलाई तोकिएको मतदान केन्द्रको जानकारी भएको पोल कार्ड मतदानको दिन( 27 नोभेम्बर 2025 भित्र) भन्दा कम्तीमा 10 दिन अगाडि जारी गरिनेछ ।
  • मतदाता वा आधिकारिक प्रतिनिधिलाई तोकिएको मतदान केन्द्र ह्वीलचेयर प्रयोगकर्ताहरू वा गतिशीलतामा कठिनाइ भएका व्यक्तिहरूको लागि पहुँचयोग्य छ कि छैन भन्ने कुरा iAM Smart र पोल कार्डसँग संलग्न स्थानको नक्सामा निर्दिष्ट गरिनेछ । यदि त्यस्ता मतदाता वा आधिकारिक प्रतिनिधिलाई तोकिएको मतदान केन्द्रमा जान कठिनाइ भएमा, उनीहरूले फ्याक्स (2891 1180), इमेल (reoenq@reo.gov.hk), टेलिफोन (2891 1001) द्वारा वा चिठ्ठी (8/F, Treasury Building, 3 Tonkin Street West, Cheung Sha Wan, Kowloon) मार्फत 2 डिसेम्बर 2025 भन्दा अघि सोही भौगोलिक नर्वाचन क्षेत्रको लागि तोकिएको विशेष मतदान केन्द्रमा मतदान गर्न दर्ता तथा निर्वाचन कार्यालयमा आवेदन दिन सक्छन् ।
  • यदि मतदाताहरु वा आधिकारिक प्रतिनिधिहरुलाई मतदान सम्बन्धी जानकारी प्राप्त गर्न दोभाषे सेवाको आवश्यकता भएमा, तिनीहरुले 24 देखि 28 नोभेम्बर सम्म र 1 देखि 7 डिसेम्बर 2025 भित्र निम्न हटलाइन मार्फत अल्पसंख्यक जातीयहरुको लागि केन्द्र (“CHEER”) लाई सम्पर्क गर्न सक्दछन् ।

    भाषा हटलाइन नं.
    बहासा ईन्डोनेशिया 3755 6811
    हिन्दी 3755 6877
    नेपाली 3755 6822
    पन्जाबी 3755 6844
    तागालोग 3755 6855
    थाई 3755 6866
    उर्दू 3755 6833
    भियतनामी 3755 6888

असहाय मतदाताहरुका लागि विशेष लाम

  • मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुलाई मात्र मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति छ ।
  • “निष्पक्ष र समान व्यवहार" सिद्धान्त अन्तर्गत, मतदाता वा आधिकारिक प्रतिनिधिहरुले मतदान गर्न लामबद्ध हुनुपर्दछ । मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुलाई मतदान केन्द्रमा प्रवेश गर्न अरुबाट मद्दत चाहिएमा पीठासीन अधिकारीलाई अनुरोध गर्न सक्दछन् ।
  • यदि पीठासीन अधिकृतले मतदान केन्द्रमा मत दिन आउने व्यक्ति वा भित्र उपस्थित हुने व्यक्ति निम्न विवरण अन्तर्गत पर्दछ भनि सन्तुष्ट भएमा, मतपत्रको लागि आवेदन दिन पीठासीन अधिकृतले सो व्यक्तिलाई तुरुन्तै तोकिएको क्षेत्रमा जान वा यदि त्यो क्षेत्रबाट लाम सुरु हुन्छ भने लाइनको अन्त्यमा जान निर्देशन दिन सक्छ-

    • 70 वर्ष भन्दा माथिको उमेर भएको *;
    • जो गर्भवती छ; वा
    • जो लामो समयसम्म लाममा बस्न सक्दैनन् वा बिरामी, चोटपटक, अशक्तता वा गतिशीलता उपकरणहरुमा निर्भरताको कारण लाममा बस्न गाह्रो हुन्छ ।

    * जसको कागजातले जन्म दिन र महिना बिना सो व्यक्तिको जन्म वर्ष मात्रै देखाउँछ, जुन मतदान हुने साल भन्दा 70 वर्ष अगाडिको छ (1955 मा वा सो भन्दा पहिला)

  • पीठासीन अधिकृतले मतदान केन्द्रभित्र माथिका मतदाता वा आधिकारिक प्रतिनिधिले विश्राम लिनको लागि, मतदान केन्द्र भित्र बस्ने ठाउँ पनि तोक्नेछ । आराम गरेपछि, उनीहरूले मतपत्रको लागि आवेदन दिन मतपत्र जारी गर्ने टेबलमा जान निर्देशित गर्नु अघि विशेष लाइनमा प्रतीक्षा गर्न सक्दछन् ।
  • मतदानको स्वायत्तता र मतको गोपनीयताको सिद्धान्तको आधारमा, कुनै पनि व्यक्ति (चाहे त्यो मतदाता / अधिकृत प्रतिनिधिको नातेदार वा मित्र भए तापनि) मतदातालाई उसको मत खसाल्न वा सहयोग गर्न कानून अन्तर्गत निषेधित छ। कुनै मतदाता वा आधिकारिक प्रतिनिधिले आफैले मतपत्र चिन्ह लगाउन कठिनाई भएमा कानून बमोजिम एक जना मतदान कर्मचारीको उपस्थितिमा आफ्नो मताधिकारको प्राथमिकता अनुसार आफ्नो तर्फबाट मतपत्र चिन्ह लगाउन पीठासीन अधिकृत वा उपप्रमुखलाई अनुरोध गर्न सक्नेछ । पीठासीन अधिकारीलाई आफ्नो अधिकारको प्रयोग गरी, जहाँ उपयुक्त छ, साथको आवश्यक पर्ने मतदातालाई उसको साथ विशेष लाइनमा बस्न पाउने सुवीधाको अनुमती दिन अनुमति दिने अधिकार छ ।

मतपत्र सङ्कलनका लागि आवश्यक कागजात(हरू)

  • प्रचलित ऐन कानून अनुसार, मतदाता वा आधिकारिक प्रतिनिधिले मतपत्र(हरु)को लागि आवेदन गर्न उसको/उनको मान्य HKID कार्डको सक्कल वा निम्न निर्दिष्ट वैकल्पिक कागजात(हरु)प्रस्तुत गर्नु पर्ने हुन्छ :

    • मान्य सक्कल HKSAR राहदानी; वा
    • छुट प्राप्त भएको प्रमाणपत्रको सक्कल; वा
    • HKID कार्डको लागि आवेदन स्वीकृति प्रदान गरिएको अनुमति पत्रको सक्कल; वा
    • व्यक्तिको मान्य सक्कल सीमेन (नाविक) परिचय पत्र; वा
    • व्यक्तिको मान्य सक्कल सीमेन (नाविक) परिचय पत्र; वा
    • भिसा प्राप्त गर्ने उद्देश्यहरुका लागि व्यक्तिको परिचय प्रमाणित गर्ने मान्य कागजातको सक्कल; वाएक व्यक्तिको मान्य HKID कार्ड वा छुट प्राप्त भएको प्रमाणपत्र वा मान्य HKID कार्डको लागि आवेदन स्वीकृति प्रदान गरिएको अनुमति पत्र हराएको वा बिग्रेको प्रमाणित गर्न पुलिस अधिकारीलाई रिपोर्ट गरेको कागजात (सामान्यतयामा “हराएको सम्पत्तिको एक विवरणको पूर्जी”), साथै मान्य राहदानीको सक्कल* वा त्यस्तै यात्रा गर्न मिल्ने कागजातमा (जस्तै: HKSAR राहदानी बाहेक अर्को राहदानी वा होम रिटर्न पर्मिट) उसको/उनको नाम र फोटो भएको कागजात ।
      * ब्रिटिश नेशनल (ओभरसीज) राहदानी एक मान्य ट्राभल डकुमेण्ट र पहिचानको लागि प्रमाणपत्र होईन ।

  • विस्तृत जानकारीका लागि, निर्वाचन मामिला आयोग (निर्वाचन प्रक्रिया) (विद्यान परिषद्) नियमावली (क्याप.541D) को दफा 50 मा हेर्नुहोस् ।

मतदाता /आधिकारिक प्रतिनिधिहरुको लागि टिपोट

  • भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग ("ICAC") द्वारा लागू निर्वाचन (भ्रष्टाचार तथा अवैध आचरण) अध्यादेश (क्याप.554) बमोजिम, मतदाता वा आधिकारिक प्रतिनिधिले हङकङ वा अन्यत्र निम्न कार्यहरु गर्नु हुँदैन:

    • चुनावमा मतदान गर्नबाट कुनै पनि व्यक्तिलाई जानाजानी अवरोध गर्ने र रोक्ने । निर्वाचन अवधिभर सार्वजनिक रूपमा कुनै पनि गतिविधि गरेर अन्य व्यक्तिलाई मतदान नगर्न वा निर्वाचनमा अवैध मतदान गर्न उक्साउने ।
    • मत हाल्न योग्य हुनुहुन्न भन्ने थाहा हुँदाहुँदै पनि चुनावमा मत हालेमा; वा निर्वाचन अधिकारीलाई जानीजानी वा लापरवाहीपूर्वक भौतिक रूपमा झूटो वा भ्रामक जानकारी (उदाहरणका लागि झूटा आवासीय ठेगाना) दिएर पछि चुनावमा मतदान गर्नु।
    • (निर्वाचन कानूनद्वारा स्पष्ट रूपमा अनुमति दिएको बाहेक) अर्कै व्यक्तिको नाममा मतपत्रको लागि आवेदन दिनु वा , चुनावमा मत खसाल्नु ,व्यक्ति आफैको नाममा मतपत्रको लागि सोही चुनावमा आवेदन दिनु ।
    • कानुनी अधिकार बिना, अर्को व्यक्तिलाई मतपत्र दिनु; मतपत्रलाई बिगार्नु वा नष्ट गर्नु ।
    • निर्वाचन खर्च एजेन्टको रूपमा उम्मेद्वारले लिखित रूपमा अधिकार नदिई चुनावमा उम्मेद्वारको लागि निर्वाचन खर्चहरू गरेमा ।
    • निर्वाचनमा कुनै विशेष उम्मेद्वार वा उम्मेद्वारको बारे भौतिक रूपमा गलत वा भ्रामक विवरण प्रकाशित गर्नु ।
    • सहयोगी व्यक्ति वा संस्थाको पूर्व लिखित सहमति बिना कुनै व्यक्ति वा संस्थाको समर्थन समावेश भएको निर्वाचन विज्ञापन प्रकाशन गरेमा ।

  • ICAC ले निर्वाचन सरोकारवालाहरूका लागि सन्दर्भ सामग्री र प्रचार कार्यक्रमहरूको जानकारी प्रदान गर्न एक स्वच्छ निर्वाचन वेबसाइट स्थापना गरेको छ । कृपयाwww.icac.org.hk/electionsमा हेर्नुहोस् ।

  • मतदान केन्द्रमा निम्न कार्यहरू पनि निषेधित छन्:

    • अन्य मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुसँग कुराकानी गर्ने वा अरुलाई तपाईको मतपत्रको मत देखाउने वा मोबाइल टेलिफोन वा इलेक्ट्रोनिक मार्फत संचार गर्न कुनै अन्य उपकरण प्रयोग गर्न।
    • फिल्म खिच्न, फोटो लिने वा कुनै अडियो वा भिडियो रेकर्डिङ गर्न ।
    • अन्य मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुलाई उनीहरुको मतपत्रमा चिन्ह लगाउन आग्रह गर्न।
    • आवश्यकता परेको खण्डमा तपाईले कानून बमोजिम मतदान अधिकारीको उपस्थितिमा पीठासीन अधिकारीलाई तपाईको मतपत्रमा चिन्ह लगाउन अनुरोध गर्न सक्नुहुन्छ । मत हाल्ने अन्य मतदाताहरु वा आधिकारिक प्रतिनिधिहरुलाई हस्तक्षेप गर्न ।