跳到主要内容
2025年选举委员会界别分组补选 - 主页

निर्वाचन संक्षेप

निर्वाचन समिति संक्षेप

22 अक्टोबर 2021 मा निर्वाचन समिति ("EC") को गठन गरिएको थियो, जसको पाँच वर्षे कार्यकाल 21 अक्टोबर 2026 मा समाप्त हुनेछ । EC मा 1,500 सदस्यहरू हुन्छन् र EC सदस्यहरूको जिम्मेवारी (a) मुख्य कार्यकारी (“CE”) उम्मेदवारहरु मनोनीत गर्ने र चुन्ने (b) विधान परिषद् (“LegCo”) उम्मेदवारहरू मनोनीत गर्ने; र (c) 40 विधान सभा सदस्यहरु चयन गर्ने हो ।

EC को निर्वाचन सदस्यहरु बन्न तीन तरिकाहरु छन् :

  1. उपक्षेत्रका निर्दिष्ट कार्यालयहरूको धारकहरू पदेन सदस्यको रूपमा दर्ता हुन सक्छन्
  2. उपक्षेत्रको निर्दिष्ट निकायहरूद्वारा मनोनीत भएमा
  3. उपक्षेत्रहरूका योग्य कर्पोरेट वा एकल मतदाताहरू द्वारा निर्वाचित

सम्बन्धित कानून बमोजिम, निर्वाचन दर्ता अधिकारी ("ERO") ले LegCoको वर्तमान कार्यकालको अन्त्य हुनु अघिनै EC सदस्यहरूको अन्तरिम नामावली संकलन गरी प्रकाशित गर्नु पर्दछ । अन्तरिम नामावली प्रकाशित भएपछि, निर्वाचन मामिला आयोग ("EAC") ले आयोगमा प्रत्येक उपक्षेत्रको लागि मनोनयन वा निर्वाचनद्वारा निर्वाचित सदस्यहरूको संख्या निश्चित गर्नु पर्दछ, र यदि सदस्य संख्या उपधारामा छुट्याइएको सदस्य संख्या भन्दा कम छ भने, EAC ले EC को रिक्त पदपूर्ति गर्न पूरक नामांकन वा उपक्षेत्र उप-निर्वाचनको व्यवस्था गर्नु पर्दछ ।

EC को रिक्त पदपूर्ति पद संख्या

क्षेत्रहरू उपक्षेत्रहरू रिक्त पदसंख्या –
मनोनयनद्वारा नियुक्त EC सदस्यहरु
रिक्त पदसंख्या –
निर्वाचनद्वारा नियुक्त EC सदस्यहरु
पहिलो क्षेत्र -
औद्योगिक, वाणिज्यिकर वित्तीय क्षेत्रहरू
1 क्याटरिङ्ग (खानपान) - 1
2 वाणिज्यिक (पहिलो) - 2
3 वाणिज्यिक (दोस्रो) - 1
4 वाणिज्यिक (तेस्रो) - 1
5 एम्प्लोयर्स फेडरेशन अफ हङकङ (रोजगारदाता महासंघ हङकङ) - 1
6 वित्त - 0
7 वित्तीय सेवाहरू - 0
8 होटल - 1
9 आयात तथा निर्यात - 2
10 औद्योगिक (पहिलो) - 2
11 औद्योगिक (दोस्रो) - 1
12 बीमा - 0
13 रियल इस्टेट(आवास बजार) तथा निर्माण - 2
14 साना तथा मझौला उद्यमहरु - 1
15 टेक्सटाइल एण्ड गार्मेन्ट (कपडा तथा पोशाक) - 0
16 पर्यटन - 1
17 यातायात - 1
18 थोक तथा खुद्रा - 0
उप-कुल (पहिलो क्षेत्र) 0 17
दोस्रो क्षेत्र –
पेशाजन्य क्षेत्रहरू
1 लेखा 3 0
2 आर्किटेक्चरल (वास्तुकला) सर्वेक्षण, योजना तथा भू–परिसर - 1
3 चिनियाँ चिकित्सा 0 1
4 शिक्षा - 2
5 इञ्जिनियरिङ - 0
6 कानूनी 0 1
7 चिकित्सा तथा स्वास्थ्य सेवाहरू - 3
8 सामाज कल्याण - 0
9 खेलकुद, कला प्रदर्शनी,संस्कृति तथा प्रकाशन 2 1
10 प्रविधि तथा नवप्रर्वतन 1 5
उप-कुल (दोस्रो क्षेत्र) 6 14
तेस्रो क्षेत्र –
साधारण जनस्तर(न्यूनवर्ग), श्रमिक, धार्मिक तथा अन्य क्षेत्रहरु
1 कृषि तथा मत्स्यपालन - 1
2 अशोसिएसन्स् अफ चाईनिज फेल्लो टाउन्स्मेन - 7
3 साधारण जनस्तर(न्यूनवर्ग) संस्थाहरु - 8
4 श्रम - 2
5 धार्मिक 3 -
उप-कुल (तेस्रो क्षेत्र) 3 18
चौथो क्षेत्र –
विधान सभाका सदस्यहरु, जिल्ला संगठनहरु र अन्य संस्थाहरुका प्रतिनिधिहरु
1 विधान सभाका सदस्यहरु - -
2 ह्योङ्ग यी युक् - 5
3 मुख्यभूमिमा हङकङबासी संगठनहरुका प्रतिनिधिहरु 1 -
4 हङकङ र काउलुनका क्षेत्रिय समितिहरु, जिल्ला अपराध नियन्त्रण समितिहरु र जिल्ला अग्नि सुरक्षा समितिहरुका प्रतिनिधि सदस्यहरु - 6
5 न्यू टेरिटोरिजका क्षेत्रिय समितिहरु, जिल्ला अपराध नियन्त्रण समितिहरु र जिल्ला आगलागी सुरक्षा समितिहरुका प्रतिनिधि सदस्यहरु - 6
उप-कुल (चौथो क्षेत्र) 1 17
पाँचौ क्षेत्र –
NPC का HKSAR प्रतिनिधिहरु र CPPCC नेशनल कमिटिका HKSAR सदस्यहरु र हङकङका प्रासंगिक राष्ट्रिय संगठनहरुका प्रतिनिधि सदस्यहरु
1 राष्ट्रिय जनकांग्रेस (NPC) का हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) प्रतिनिधिहरू र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समिति(CPPCC)का HKSAR सदस्यहरू - -
2 हङकङका प्रासंगिक राष्ट्रिय संगठनहरुका प्रतिनिधि सदस्यहरु - 27
उप-कुल (पाँचौ क्षेत्र) 0 27
जम्मा 10 93

उम्मेदवारको व्यवस्थापन

  • निर्वाचित EC सदस्यहरुको रिक्त पद भएका उपक्षेत्रहरुको लागि, प्रत्येक उम्मदेवारलाई सम्बन्धित उपक्षेत्रमा कम्तिमा पाँच जना कर्पोरेट वा व्यक्तिगत मतदाताहरूले मनोनीत गर्नु पर्नेछ ।
  • प्रत्येक कर्पोरेट वा एकल मतदाताले सम्बन्धित उप-क्षेत्रहरुमा निर्वाचित हुने सीट संख्या भन्दा बढी संख्या नहुने गरि मात्र उम्मेदवारहरु मनोनयन गर्न सक्दछन् ।
  • नामांकन अवधि: 22 जुलाई – 4 अगस्ट 2025
  • नामांकन फारामहरु दर्ता तथा निर्वाचन कार्यलयको वेबसाइट (www.reo.gov.hk), वा निम्न कार्यालयहरुबाट नि:शुल्क संकलन गर्न सकिन्छ:
    • जिल्ला कार्यालयहरू; वा
    • निर्वाचन अधिकृतको कार्यालय; वा
    • दर्ता तथा निर्वाचन कार्यलयको कार्यालयहरु (8/F, Treasury Building, 3 Tonkin Street West, Cheung Sha Wan, Kowloon or Unit 2301-03, 23/F, Millennium City 6, 392 Kwun Tong Road, Kwun Tong, Kowloon).

एक उम्मेदवारको रूपमा मनोनित हुन योग्यता

  • 18 वर्ष उमेर पुगेको हुनुपर्छ;
  • भौगोलिक निर्वाचन क्षेत्रको लागि दर्ता भएको हुनुपर्छ; र
  • त्यो उप-क्षेत्रका लागि मतदाताको रुपमा दर्ता गरिएको छ (ह्योङ यी कुक, हङकङ, काउलुन वा न्यू टेरिटोरिजका क्षेत्रिय समितिहरु, जिल्ला अपराध नियन्त्रण समितिहरु र जिल्ला अग्नि सुरक्षा समितिहरुका प्रतिनिधि सदस्यहरु, र प्रासंगिक राष्ट्रिय संगठन उप-क्षेत्रहरुका एकल मतदाताहरु ती हङकङका प्रतिनिधि सदस्यहरुमा मात्र लागू हुन्छ) वा त्यो उप-क्षेत्रसँग पर्याप्त सम्बन्ध छ ।

2025 निर्वाचन समिति उपक्षेत्र उप-निर्वाचनका लागि मतदान व्यवस्था

मतदान मिति : 7 सेप्टेम्बर 2025 (आईतबार )
मतदान अवधि: बिहान 9:00 बजे देखि साँझ 6:00 बजे सम्म
(कारागार संस्थानहरुमा तोकिएको मतदान केन्द्र(हरु)को मतदान अवधि (यदि कुनै भएमा) बिहान 9:00 बजे देखि दिउँसोको 4:00 बजे सम्म रहनेछ ।)

कहाँ मतदान गर्ने

प्रत्येक मतदाता वा आधिकारिक प्रतिनिधिलाई उनीहरुको मत(हरु) दिनका लागि साधारण मतदान केन्द्र तोकिनेछ ।

मतदाता वा आधिकारिक प्रतिनिधिले तोकिएको मतदान केन्द्रको जानकारी सहितको मतदान कार्ड उनलाई मतदानको दिन भन्दा कम्तिमा पाँच दिन अगाडि जारी गरिनेछ ।

सबै साधारण मतदान केन्द्रहरु ह्विलचेयर प्रयोगकर्ता वा हिडडुल गर्न नसक्नेहरुका लागि पहुँच योग्य छन् ।

हिरासतमा रहेका मतदाता वा आधिकारिक प्रतिनिधिलाई उचित रुपमा दण्डयुक्त संस्था वा प्रहरी कार्यलयमा निर्धारित मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।

यदि मतदाताहरुलाई मतदान सम्बन्धी जानकारी प्राप्त गंर्न दोभाषे सेवा सहयोगको आवश्यकता भएमा, तिनीहरुले 25 देखि 29 अगस्ट सम्म र 1 देखि 7 सेप्टेम्बर 2025 भित्र निम्न हटलाइन मार्फत अल्पसंख्यक जातीयहरुको लागि केन्द्र (“CHEER”) लाई सम्पर्क गर्न सक्दछन् ।

भाषा हटलाइन नं.
बहासा ईन्डोनेशिया 3755 6811
हिन्दी 3755 6877
नेपाली 3755 6822
पन्जाबी 3755 6844
तागालोग 3755 6855
थाई 3755 6866
उर्दू 3755 6833
भियतनामी 3755 6888


मतदान कसरी गर्ने

एक मतदाता वा आधिकारिक प्रतिनिधिले 7 सेप्टेम्बर 2025 (आइतबार) मतदान समयमा (बिहान 9:00 बजे देखि साँझ 6:00 बजे सम्म) मतदान कार्डमा देखाइए बमोजिम आफ्नो निर्दिष्ट मतदान केन्द्र (हरू) मा आफ्नो मान्य सक्कल हङकङ परिचय पत्र ("HKID") वा अन्य निर्दिष्ट वैकल्पिक कागजात (हरू) साथमा ल्याउन आवश्यक छ (कृपया विवरणहरुको लागि तलको “मतपत्र(हरु) संकलन गर्न आवश्यक कागजात(हरु)” मा हेर्नुहोस्) र मतदान केन्द्र भित्रका मतदान कर्मचारीहरू समक्ष पेश गर्नुहोस् ।

तपाई मतदाता हुनुहुन्छ कि हुनुहुन्न वा सम्बन्धित उपक्षेत्रका आधिकारिक प्रतिनिधि हुनुहुन्छ कि हुनुहुन्न भनेर जाँच गर्न, र तपाईसँग भएको मतपत्रको नम्बर र प्रकार(हरु) कानूनी अधिकार प्राप्त हो होईन भनेर जाँच गर्न मतदान कर्मचारीले इलेक्ट्रोनिक पोल रजिस्टर ("EPR") प्रणालीको ट्याब्लेट प्रयोग गरी तपाईको मान्य HKID कार्ड स्क्यान गर्नेछ । प्रमाणीकरण पछि, मतदाता वा आधिकारिक प्रतिनिधिलाई मतदान कर्मचारीले मतपत्र(हरु) दिनेछ र EPR प्रणाली मार्फत जारी गरेको मतपत्रको विवरण रेकर्ड गर्नेछ ।

मतपत्र(हरु) संकलन गरेपछि, मतदाता वा आधिकारिक प्रतिनिधिले मतपत्र(हरु) मा छापे अनुसार र मतदान कर्मचारीले दिएका निर्देशनहरुको अनुसार र विभिन्न कक्ष भित्रका सूचनाहरुमा उल्लेख गरिएको निर्देशनहरुको पालना गर्नुपर्दछ । मतदाता वा आधिकारिक प्रतिनिधिले मतदान कक्ष भित्र मतपत्र(हरु) मा चिन्ह लगाउनु पर्छ । सारांशमा, कृपया :

  • तपाईले छनौट गर्नु भएको उम्मेदवारहरुको नामहरुको विपरीत अण्डाकारमा उपलब्ध गरिएको कलमद्वारा दाग गर्नुहोस्;
  • सम्बन्धित उपक्षेत्रहरुको निर्धारित संख्या भन्दा बढिमा मत नहाल्नुहोस् (त्यो संख्या मतपत्रमा देखाइनेछ); र
  • चिन्ह लगाएको मतपत्रलाई भित्रपट्टी पारी नदोबारीकन मतपेटीमा लगाउनुहोस् ।
  • मतदान प्रक्रिया सम्बन्धी मार्गदर्शन चित्रण

हरेक मतपेटिका एकपटकमा एक मतदाता वा अधिकृत प्रतिनिधीले मात्र प्रयोग गर्नुपर्छ । मतदानको स्वायत्तता र मतको गोपनीयताको सिद्धान्तको आधारमा, कुनै पनि व्यक्ति (चाहे त्यो मतदाता/ अधिकृत प्रतिनिधिको नातेदार वा मित्र भए तापनि) मतदातालाई उसको मत खसाल्न वा सहयोग गर्न कानून अन्तर्गत निषेधित छ ।

मतदाताहरु वा आधिकारिक प्रतिनिधिहरु जो स्वंय मत दिन अशक्त छन् भने, कानून बमोजिम, आफ्नो मताधिकार अनुसार आफ्नो तर्फबाट मतपत्रमा छाप लगाउन पीठासीन अधिकृत वा उपप्रमुखको सहयोग लिन सक्नेछन् । मतदान निष्पक्ष रूपमा सम्पन्न होस् भन्ने सुनिश्चित गर्नका लागि सम्पूर्ण प्रक्रियाको बेलामा अर्को मतदान कर्मचारी साक्षी बस्नेछन् ।

यदि मतदाता वा आधिकारिक प्रतिनिधिले मतपत्रमा चिन्ह लगाउँदा त्रुटि गरेमा वा अन्जानमै मतपत्र बिगारेमा उसले/उनले मतपत्र पीठासीन अधिकृतलाई फिर्ता गरी मतपत्र बदल्नको लागि अनुरोध गर्न सक्नेछ ।

निर्वाचन कानून अनुसार चिन्ह लगाइएको छ कि छैन भनेर जाँच गर्न मतदाता वा आधिकारिक प्रतिनिधिले मतदान केन्द्रमा प्रदान गरिएको मतपत्र जाँच गर्ने मेसिन स्वेच्छिक रूपमा प्रयोग गरी चिन्ह लगाइएको मतपत्र स्क्यान गर्न सक्छन् । यस प्रणालीले मतदाता वा आधिकारिक प्रतिनिधिले मतपत्रमा चिन्ह लगाएको छनोट(हरू) रेकर्ड वा गणना गर्नेछैन । प्रदर्शित सन्देशको आधारमा, मतदाता वा आधिकारिक प्रतिनिधिले अनुगमन गर्ने वा सिधै मतपेटिकामा मतपत्र हाल्ने छनौट गर्न सक्छन् ।


मतपत्र सङ्कलनका लागि आवश्यक कागजात(हरू)

प्रचलित ऐन कानून अनुसार, मतदाता वा आधिकारिक प्रतिनिधिले मतपत्र(हरु)को लागि आवेदन गरेको छ भने उसको/उनको मान्य HKID कार्डको सक्कल वा निम्न निर्दिष्ट वैकल्पिक कागजात(हरु)प्रस्तुत गर्नु पर्ने हुन्छ :

  • मान्य सक्कल HKSAR राहदानी; वा
  • छुट प्राप्त भएको प्रमाणपत्रको सक्कल; वा
  • मान्य HKID कार्डको लागि आवेदन स्वीकृति प्रदान गरिएको अनुमति पत्रको सक्कल; वा
  • व्यक्तिको मान्य सक्कल सीमेन परिचय पत्र; वा
  • भिसा प्राप्त गर्ने उद्देश्यहरुका लागि व्यक्तिको परिचय प्रमाणित गर्ने मान्य कागजातको सक्कल; वा
  • एक व्यक्तिको मान्य HKID कार्ड वा छुट प्राप्त भएको प्रमाणपत्र वा मान्य HKID कार्डको लागि आवेदन स्वीकृति प्रदान गरिएको अनुमति पत्र हराएको वा बिग्रेको प्रमाणित गर्न पुलिस अधिकारीलाई रिपोर्ट गरेको कागजात (सामान्यतयामा “हराएको सम्पत्तिको एक विवरणको पूर्जी”), साथै मान्य राहदानीको सक्कल* वा त्यस्तै यात्रा गर्न मिल्ने कागजातमा (जस्तै: HKSAR राहदानी बाहेक अर्को राहदानी वा होम रिटर्न पर्मिट) उसको/उनको नाम र फोटो भएको कागजात।
    * ब्रिटिश नेशनल (ओभरसीज) राहदानी एक मान्य ट्राभल डकुमेण्ट र पहिचानको लागि प्रमाणपत्र होईन।

विस्तृत जानकारीका लागि, निर्वाचन मामिला आयोग (निर्वाचन प्रक्रिया) (EC) नियमावली (क्याप.541I) को दफा 50 मा हेर्नुहोस् ।


असहाय मतदाताहरुका लागि विशेष लाम

मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुलाई मात्र मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति छ ।

"निष्पक्ष र समान व्यवहार" सिद्धान्त अन्तर्गत, मतदाता वा आधिकारिक प्रतिनिधिहरुले मतदान गर्न लामबद्ध हुनुपर्दछ । मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुलाई मतदान केन्द्र प्रवेशका लागि अरुबाट मद्दत चाहिन्छ भने पीठासीन अधिकारीलाई अनुरोध गर्न सक्दछन् ।

यदि पीठासीन अधिकृतले मतदान केन्द्रमा मत दिन आउने व्यक्ति वा भित्र उपस्थित हुने व्यक्ति निम्न विवरण अन्तर्गत पर्दछ भनि सन्तुष्ट भएमा, मतपत्रको लागि आवेदन दिन पीठासीन अधिकृतले सो व्यक्तिलाई तुरुन्तै तोकिएको क्षेत्र (वा यदि त्यो क्षेत्रबाट लाम सुरु हुन्छ भने लाइनको अन्त्यमा) अगाडि बढ्न निर्देशन दिन सक्छ-

  • 70 वर्ष भन्दा माथिको उमेर भएको *;
  • जो गर्भवती छ; वा
  • जो लामो समयसम्म लाममा बस्न सक्दैनन् वा बिरामी, चोटपटक, अशक्तता वा गतिशीलता उपकरणहरुमा निर्भरताको कारण लाममा बस्न गाह्रो हुन्छ ।

    *निम्न व्यक्ति सहित —

  • जसको कागजातले जन्म दिन र महिना बिना सो व्यक्तिको जन्म वर्ष मात्रै देखाउँछ, जुन मतदान हुने साल भन्दा 70 वर्ष अगाडिको छ ; वा
  • जसको कागजातले जन्म दिन बिना, व्यक्तिको जन्म वर्ष मतदान हुने साल भन्दा 70 वर्ष अगाडि भएको देखाउँछ र सो व्यक्तिको जन्म महिना मतदानको दिन पर्ने महिनासँग एउटै छ वा अगाडिको भएको ।

पीठासीन अधिकृतले मतदान केन्द्रभित्र माथिका मतदाता वा आधिकारिक प्रतिनिधिले विश्राम लिनको लागि, मतदान केन्द्र भित्र बस्ने ठाउँ पनि तोक्नेछ । आराम गरेपछि, उनीहरूले मतपत्रको लागि आवेदन दिन मतपत्र जारी गर्ने टेबुलमा जान निर्देशित गर्नु अघि विशेष लाइनमा प्रतीक्षा गर्न सक्दछन् ।

मतदानको स्वायत्तता र मतको गोपनीयताको सिद्धान्तको आधारमा, कुनै पनि व्यक्ति (चाहे त्यो मतदाता / अधिकृत प्रतिनिधिको नातेदार वा मित्र भए तापनि) मतदातालाई उसको मत खसाल्न वा सहयोग गर्न कानून अन्तर्गत निषेधित छ। कुनै मतदाता वा आधिकारिक प्रतिनिधिले आफैले मतपत्र चिन्ह लगाउन कठिनाई भएमा कानून बमोजिम एक जना मतदान कर्मचारीको उपस्थितिमा आफ्नो मताधिकारको प्राथमिकता अनुसार आफ्नो तर्फबाट मतपत्र चिन्ह लगाउन पीठासीन अधिकृत वा उपप्रमुखलाई अनुरोध गर्न सक्नेछ । पीठासीन अधिकारीलाई आफ्नो अधिकारको प्रयोग गरी, जहाँ उपयुक्त छ, साथको आवश्यक पर्ने मतदातालाई उसको साथ विशेष लाइनमा बस्न पाउने सुवीधाको अनुमती दिन अनुमति दिने अधिकार छ ।


मतदाता /आधिकारिक प्रतिनिधिहरुको लागि जाँच गर्नका लागि सूची

भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग ("ICAC") द्वारा लागू निर्वाचन (भ्रष्टाचार र अवैध आचरण)अध्यादेश (क्याप. 554) बमोजिम, मतदाता वा आधिकारिक प्रतिनिधिले हङकङ वा अन्यत्र निम्न कार्यहरु गर्नु हुँदैन:

  • कुनै पनि लाभ (पैसा, उपहार, आदि सहित), खाना, पेय वा मनोरञ्जनका लागि कुनै पनि व्यक्तिबाट चुनावमा मतदान नदिन, वा कुनै विशेष उम्मेदवार वा विशेष उम्मेदवारहरुलाई मत दिन वा नदिन माग गर्न वा स्वीकार गर्नु हुँदैन ।
  • कुनै पनि लाभ (पैसा, उपहार, आदि सहित), खाना, पेय वा मनोरञ्जन कुनै पनि व्यक्तिलाई बहकाउन वा पछिल्लोलाई कुनै चुनावमा मतदान नगर्न उपहारको रुपमा प्रदान गर्दछ, वा मतदान गर्न वा कुनै विशेष उम्मेदवारलाई वा विशेष उम्मेदवारहरुलाई मत नदिने प्रस्ताव गर्दछ ।
  • कुनै पनि व्यक्तिलाई पछिल्लो व्यक्तिलाई चुनावमा मतदान गर्न वा नदिन, वा मतदान गर्न वा कुनै विशेष उम्मेदवार वा विशेष उम्मेदवारलाई मत नदिनेको लागि उक्साउनेको लागि कुनै पनि व्यक्ति विरुद्ध बल वा कवच प्रयोग गर्न वा धम्की दिने ।
  • कुनै व्यक्तिलाई मत हाल्ने वा कुनै खास उम्मेदवार वा विशेष उम्मेदवारलाई मत नदिने, वा चुनावमा मत नदिने प्रलोभनमा उक्साउने ।
  • चुनावमा अर्को व्यक्तिलाई मतदान गर्न जाँदा बाधा पर्याउने र रोक्ने ।
  • मत हाल्न योग्य हुनुहुन्न भन्ने थाहा हुँदाहुँदै पनि चुनावमा मत हालेमा; वा निर्वाचन अधिकारीलाई जानीजानी वा लापरवाहीपूर्वक भौतिक रूपमा झूटो वा भ्रामक जानकारी (उदाहरणका लागि झूटा आवासीय ठेगाना) दिएर पछि चुनावमा मतदान गर्नु।
  • निर्वाचन खर्च एजेन्टको रूपमा उम्मेदवारले लिखित रूपमा अधिकार नदिई चुनावमा उम्मेदवारको लागि निर्वाचन खर्चहरू गरेमा ।
  • निर्वाचनमा कुनै विशेष उम्मेदवार वा उम्मेदवारको बारे भौतिक रूपमा गलत वा भ्रामक विवरण प्रकाशित गर्नु ।
  • सहयोगी व्यक्ति वा संस्थाको पूर्व लिखित सहमति बिना कुनै व्यक्ति वा संस्थाको समर्थन समावेश भएको निर्वाचन विज्ञापन प्रकाशन गरेमा ।
  • निर्वाचन अवधि भर सार्वजनिक रूपमा कुनै पनि गतिविधि गरी अर्को व्यक्तिलाई मतदान नगर्न वा निर्वाचनमा अमान्य मत खसाल्न उक्साउने ।

ICAC ले निर्वाचन सरोकारवालाहरूका लागि सन्दर्भ सामग्री र प्रचार कार्यक्रमहरूको जानकारी प्रदान गर्न एक स्वच्छ निर्वाचन वेबसाइट स्थापना गरेको छ । कृपया www.icac.org.hk/elections मा हेर्नुहोस् ।

मतदान केन्द्रमा निम्न कार्यहरू पनि निषेधित छन्:

  • अन्य मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुसँग कुराकानी गर्ने वा अरुलाई तपाईको मतपत्रको मत देखाउने वा मोबाइल टेलिफोन वा इलेक्ट्रोनिक संचारको लागि कुनै अन्य उपकरण प्रयोग गर्न ।
  • फिल्मिङ, फोटो लिने वा कुनै अडियो वा भिडियो रेकर्डिङ गर्न ।
  • अन्य मतदाताहरु र आधिकारिक प्रतिनिधिहरुलाई तपाईको मतपत्रमा चिन्ह लगाउन आग्रह गर्न । आवश्यकता परेको खण्डमा तपाईले कानून बमोजिम मतदान अधिकारीको उपस्थितिमा पीठासीन अधिकारीलाई तपाईको मतपत्रमा चिन्ह लगाउन अनुरोध गर्न सक्नुहुन्छ ।
  • मत हाल्ने अन्य मतदाताहरु वा आधिकारिक प्रतिनिधिहरुलाई हस्तक्षेप गर्न ।


निर्वाचन द्वारा मनोनयन हुने EC उम्मेदवारका लागि पूरक निर्वाचन व्यवस्थापन

  • उपक्षेत्रमा मनोनयन भई आएका EC सदस्यको रिक्त पदका लागि प्रत्येक सम्बन्धित निकायले आफ्नो छनोटको व्यक्तिलाई EC प्रतिनिधि बन्न मनोनीत गर्नु पर्ने हुन्छ । मनोनीत व्यक्तिले निम्न आवश्यकताहरू पूरा गर्नुपर्छ:
    1. LCO अन्तर्गत भौगोलिक निर्वाचन क्षेत्रको पंजीकृत मतदाता हुनुको साथै योग्य दुवै हुनुपर्दछ; र सो व्यक्ति दर्ता हुनुबाट अयोग्य हुनु हुँदैन;
    2. र सान्दर्भिक उपक्षेत्रसँग निकैराम्रो सम्बन्ध हुनुपर्दछ ।
  • यदि तोकिएको निकायमा रिक्त पदको संख्या भन्दा उम्मेदवारको संख्या बढी भएमा सो निकायले रिक्त पदपूर्ति गर्दा कुन मनोनीत उम्मेदवारलाई प्राथमिकता दिने भन्ने कुरा उल्लेख गर्नुपर्नेछ र बढी भएको मनोनीतहरुलाई तदनुसार, यदि प्राथमिकताका अनुसार, एक भन्दा बढि भएमा नामावली तयार गर्नुपर्दछ। यदि निर्धारित निकायले कुन उम्मेदवारहरुलाई प्राथमिकता दिने भन्ने बारे संकेत गर्दैन भने, त्यसपछि निर्चावन अधिकृतले गोलाप्रथा/चिठ्ठाको आधारमा ती उम्मेदवारहरुको प्राथमिकताको क्रम निर्धारण गर्नुपर्दछ ।
  • मनोनयन फारममा उल्लेख गरे अनुसार मनोनीत निकायको रिक्त पद संख्या पूरा नभएसम्म चिठ्ठाको आधारमा प्राथमिकताको क्रम बमोजिम वा निर्वाचन अधिकृतले निर्धारण गरे बमोजिम मनोनीत व्यक्तिहरु वैध रुपमा मनोनीत भएको /नभएको निर्धारण गर्ने CERC हो ।
  • CERC ले नियमावली बमोजिम वैधानिक रुपमा EC सदस्यको रुपमा मनोनयन भएका उम्मेदवारहरुको घोषणा गर्नु पर्नेछ ।

पदेन सदस्यहरूको दर्ता

  • सबै पदेन सदस्यहरूले निर्वाचन दर्ता अधिकारीलाई दर्ता फारम पेश गर्न आवश्यक छ र उनीहरूको दर्ताको वैधता उम्मेदवार योग्यता समिति ("CERC") द्वारा निर्धारित गरिनेछ । सामान्यतया, प्रत्येक उप-क्षेत्रमा निर्दिष्ट कार्यालयहरूको धारकहरू (अर्थात् निर्दिष्ट व्यक्तिहरू) त्यस उपक्षेत्रको पदेन सदस्यको रूपमा दर्ता हुन सक्दछन् । तथापि, देहायको परिस्थितिमा, तोकिएका व्यक्तिले सम्बन्धित निकायमा पद धारण गरेको अर्को व्यक्ति (अर्थात् तोकिएको व्यक्ति) लाई सो उपक्षेत्रको पदेन सदस्यको रूपमा दर्ता हुन तोक्न सक्नेछः
    1. निर्दिष्ट व्यक्ति पदेन सदस्यको लागि दर्ता हुन अयोग्य छ, जसमा निम्न समावेश छन्:
      • विधान परिषद् अध्यादेश (क्याप. 542) (“LCO”) को विद्यमान भौगोलिक निर्वाचन क्षेत्रको अन्तिम दर्तासूचीमा (वा उसले दर्ताका लागि आवेदन नदिएको खण्डमा) उनी पंजीकृत मतदाता भएका छैन्न् वा उनी भौगोलिक निर्वाचन क्षेत्रको मतदाताको रुपमा दर्ता हुन योग्य हुनु हुन्न; वा
      • बेसिक ल को धारा 48(5) अन्तर्गत मनोनयन बमोजिम उनी नियुक्त एक प्रमुख अधिकारी हुन्; सरकारी निर्देशनाल्य अधिकारी हुन्, प्रशासनिक अधिकारी हुन्, सरकारी सूचना अधिकारी हुन्, एक पुलिस अधिकारी हुन् वा अन्य कुनै निजामती कर्मचारी हुन् जो आफ्नो कार्य क्षमता अनुरुप निर्दिष्ट कार्यलयमा कार्यरत छन्; वा
    2. कानूनमा पहिले नै उल्लेख गरिसकेको वैकल्पिक व्यवस्थित उपक्षेत्र वा लागु नहुने उपक्षेत्रहरु बाहेक निर्दिष्ट गरिएको व्यक्ति जो एक भन्दा धेरै निर्दिष्ट कार्यलयमा कार्यरत छन् ।
  • निर्वाचन वा नामांकनद्वारा एक पदेन सदस्य वा निर्दिष्ट कार्यालयका धारक, EC सदस्य बन्न पाउने छैन । एक निर्दिष्ट व्यक्ति सम्बन्धित निर्दिष्ट कार्यलयमा कार्यरत छैन्न् भने उनीले EC बाट राजीनामा दिएको मानिन्छ । प्रत्येक व्यक्ति केवल एक उपक्षेत्रको पदेन सदस्यको रूपमा दर्ता हुन सक्छ ।